चार वर्षीया छोरी कुट्ने बुबा धरौटीमा रिहा

रासस


हेटौँडा । आफ्नी छोरीलाई निर्घात कुटपिट गरको आरोपमा पक्राउ परेका बाबु धरौटी बुझाएर रिहा भएका छन् । जिल्ला अदालत मकवानपुरले महोत्तरी एकडाँडा गाउँपालिका–३ घर भई हाल हेटौँडा–५, सिँचाइटोल बस्ने २७ वर्षीय रामजी मण्डललाई रु ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
गत पुस २१ गते मण्डलले आफ्नी चार वर्षीया छोरीलाई पढाउने क्रममा कुटपिट गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । मण्डलले छोरीलाई पेन्सिलले मुख र शरीरका विभिन्न भागमा घोचेर घाइते बनाएका थिए ।
घाइते छोरीलाई हेटौँडा अस्पतालमा उपचार गरी घर लगिएको छ । बालिकालाई कुटपिट गर्ने मण्डललाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धानका लागि हिरासतमा राखेको थियो । उनीमाथि बालबालिकाविरुद्ध कसुर मुद्दामा कारबाही सुरु भएको हो ।

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा
अरुपनि पढ्नुहोस
सबै
विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण
















