मुख्य समाचार

पूर्व डीआईजी जोशीको घरमा प्रहरीको छापा, सूर्यदर्शन सहकारीको सर्भर बरामद

जगत ठाडा मगर
२०८० माघ २५ | बिहान ०८:१० बजे

काठमाडौं, माघ २५ । सूर्यदर्शन सहकारीको घोटाला प्रकरणमा प्रहरीले पूर्व डीआईजी छविलाल जोशीको घरमा छापा मारेको छ ।

बुधवार साँझ शंखमुलस्थित जोशीको घरमा प्रहरीको टोलीले सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि प्रमाण संकलन गर्न छापा मारेको थियो । त्यस घरमा नेचर हब इन्टर नेसनल प्रालीको अफिस थियो ।

जोशी फरार रहेका ग्यालेक्सी टेलिभिजन तथा सुर्यदर्शन सहकारीका सञ्चालक गितेन्द्रबाबु राईका व्यावसायिक साझेदार हुन् । प्रहरी स्रोतका अनुसार जोशीको घरबाट सुर्यदर्शन सहकारीको ४ ओटा सर्भर बरामद भएको छ ।

यता पूर्व डीआईजी जोशीले भने बुधबार राती नै सामाजिक सञ्जालमार्फत उक्त घर आफ्नो निजी नभएको र व्यावसायिक सम्पत्ति रहेको स्पष्टीकरण दिएका छन् ।

कमेन्टहरु