वनमा लागेको डढेलोले घर जल्यो

नवलपुर टुडे


ताप्लेजुङ, माघ २४ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा वनमा लागेको डढेलोले एक घर जलेर नष्ट भएको छ । मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा वनमा लागेको डढेलोले मङ्गलबार एकघर जलेर नष्ट भएको हो ।
गाउँपालिकाका अध्यक्ष यकहाङबीर हाङ्गाम (डम्बर) का अनुसार सान्थाक्राका स्थानीय प्रतिमान विश्वकर्माको घर आगलागी भएको हो । आगलागीले विश्वकर्माको घर पूर्णरुपमा जलेर नष्ट अध्यक्ष हाङ्गामले बताउनुभयो । डढेलोका कारण घरमा आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन लगायतका सम्पूर्ण सामग्री नष्ट भएको पनि उहाँले जानकारी दिनुभयो ।
सान्थाक्रा र वडा ३ खाम्लुङको सिमानामा रहेको साक्फारा वनमा मङ्गलबार दिउँसोदेखि डढेलो सुरु भएको थियो । वनमा लागेको डढेलो तत्काल नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधि, सर्वसाधारण, प्रहरीलगायतले कोसिस गरे पनि हावाहुरीका कारण सम्भव नभएको गाउँपालिका अध्यक्ष हाङ्गामले बताउनुभयो । वनमा डढेलो कसरी सुरु भयो भन्ने विषय थाहा नभएको पनि उहाँको भनाइ छ ।

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

झापाको सानो माईखोलाको बगरमा बदाम खेती

कर्णालीको गौरव: धमाधम निर्माण हुँदै प्रशासनिक भवन

लुम्बिनी–गोवा पर्यटन सर्किट बनाउने प्रस्ताव, सीधा उडानमा जोड
अरुपनि पढ्नुहोस
सबै
तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

पोखरामा तिहारलक्षित गोदावरी तथा सयपत्री पुष्प मेला पोखरा रङ्गशालामा सुरु

बैतडीमा जिप दुर्घटनामा एक जनाको मृत्यु, छ जना घाइते

बडीमालिका नगर क्षेत्रभित्र प्लास्टिकजन्य फूलमाला निषेध
















