रौतहटबाट लागुऔषधसहित ३ जना पक्राउ

अशोक यादव


रौतहट । रौतहटको देवाहीगोनाही नगरपालिकाको गोनाही बजारबाट अबैध लागु औषध गाजासहित ३ जना पक्राउ परेका छन ।
बिशेष सुचनाका आधारमा मंगलबार इलाका प्रहरी कार्यालय देवाहीगोनाही रौतहटबाट खटिएको प्रहरीको टोलीले सोही नगरपालिकाको वडा नम्बर ८ गोनाही बजारस्थित संग्रालय नजिक सार्वजनिक सडकखण्डमा सवारी साधन चेकजाच गर्दा जयनगरदेखि गोनाहीतर्फ जादै गरेको मधेश प्रदेश ०३ ००१ ह २५२४ नम्बरको डाँफे नामक सवारी साधनलाई चेकजाच गरेको थियो । सोही क्रममा सो डाँफेमा रहेको २ थान जेब्रा झोलामा लुकाई छिपाई ल्याउदै गरेको १० किलो ३० ग्राम गाजासहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
डाँफे चालक सर्लाहीको बागमति नगरपालिकाको वडा नम्बर १२ बथानेका बर्ष २२ का राजन मोक्तान, सोही सवारीमा सवार सोही स्थानका बर्ष २३ का सुजन मोक्तान र सोही स्थान कै असली माया बललाई प्रहरीले पक्राउ गरि थप आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा
अरुपनि पढ्नुहोस
सबै
विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण
















