नवलपरासीमा लागुऔषधसहित दुई जना पक्राउ


नवलपरासी, माघ २२ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका – १ महेशपुर चोकबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले गत शुक्रबार नवलपरासीको सुनवल नगरपालिका वडा नं. ७ अस्नैया घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं.११ देविनगर बस्ने अन्दाजी २८ को सरोज चौधरी र बाग्लुङको गल्कोट नगरपालिका वडा नं.३ हटिया घर भई हाल बुटवल उपमहानगरपालिका वडा नं.११ देविनगर बस्ने अन्दाजी २२ वर्षीया पवित्रा परियारलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
प्रहरी टोलीले महेशपुर चोकमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको चौधरी र परियार सवार लु ३५ प ५६१३ को मोटरसाइकललाई शंका लागी चेकजाँच गर्दा चौधरीले लगाएको हेलमेटभित्र लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध खैरो हिरोइन जस्तो देखिने ६ पुरिया प्लाष्टिक सहित ६ ग्राम ६२० मिलिग्राम लागुऔषध फेला पारेको थियो ।
उनीहरुलाई उक्त लागुऔषध र मोटरसाईकलसहित नियन्त्रणमा लिइएको नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए । उनका अनुसार पक्राउ परेका चौधरी र परियारलाई आज लागु औषध मुद्दामा सम्मानित जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ ।























