मुख्य समाचार

इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल

जगत ठाडा मगर
२०८० माघ २२ | बिहान ०६:१० बजे

काठमाडौँ, माघ २२ । मेनुका पौडेल ‘इण्डियन आइडल’बाट बाहिरिएकी छन् ।  भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल– सिजन १४’को शीर्ष १० बाट उनी बाहिरिएकी हुन् ।

मेनुकाले आफ्नो सामाजिक संजालबाट आफू इण्डियन आइडलबाट बाहिरिएको जानकारी दिएकी छन् । उनले भनेकी छन्– ‘मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ ।…यो मेरो सुरुवात हो, अन्त्य होइन,’

मेनुकाले आफूलाई गरेको मायाप्रति आभार व्यक्त गरेकी छन् । उनले वर्षभरिका लागि आफू व्यस्त रहेको पनि जानकारी दिएकी छन् । इन्डियन आइडलमा रहँदा उनले ‘सलार’ मार्फत भारतीय फिल्म गायनमा डेब्युसमेत गरेकी थिइन् ।

कमेन्टहरु