मुख्य समाचार

गर्भवती महिला प्रहरीका लागि छुट्टै पोसाककाे व्यवस्था

जगत ठाडा मगर
२०८० माघ २१ | मध्यान्ह ०३:१० बजे

काठमाडौं, माघ २१ । प्रहरी प्रधान कार्यालयले  गर्भवती महिला प्रहरीका लागि छुट्टै पोसाकको व्यवस्था गरेको छ । देशभरका गर्भवती महिला प्रहरी कर्मचारीका लागि प्रहरी प्रधान कार्यालयले छुट्टै पोसाक सिलाएर पठाएको हो ।

पहिलो चरणमा करिब ३०० गर्भवती महिला कर्मचारीका निम्ति पोसाक तयार पारिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रहरी समन्वय समिति (पीसीसी)को बैठकबाट छुट्टै कार्यविधि बनाएर गर्भवती महिला कर्मचारीका लागि पोसाक तयार पारिएको जनाइएको छ ।

कमेन्टहरु