कपिलवस्तुको कृष्णनगरबाट चरेससहित एक महिला पक्राउ

धर्मेन्द्र कुमार कुर्मी
२०८० माघ २१ | बिहान ०८:१० बजे

कपिलवस्तु, माघ २१ । कृष्णनगरबाट चरेससहित एक महिला पक्राउ परेकी छन् । उनलाई ४ के.जी. ६४६ ग्राम चरेससहित पक्राउ गरेका हुन । पक्राउ पर्नेमा प्युठान गौमुखी गाउँपालिका- ३ बस्ने बर्ष ३८ वर्षीय बासु घर्ती मगर रहेको छ । उनलाई शनिवार पक्राउ गरेको हो ।
रुकुम पुर्बबाट भारत तर्फ चरेस लैजादै गरेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कृष्णनगरका इन्सपेक्टर लक्ष्मण ओलीको कमाण्डमा खटिएको प्रहरी टोलीले शंकास्पद अबस्थामा भारत तर्फ जादै गर्दा कृष्णनगर बजारबाट महिलालाई प्रकाउ गरेको हो ।
उनले बोकेको झोला खानतलासी गर्दा प्लाष्टिकमा पोको पारी राखेको ९ पोका चरेश बरामद गरिएको छ । हिरासतमा लिइ थप अनुसन्धान कार्य भईरहेको छ । कृष्णनगरमा गत बिहिवार पनि एक युवक चरेससहित पक्राउ परेका थिए ।























