मुख्य समाचार

नवलपुरमा घरभित्र पसेको अजिङ्गरलाई उद्धार गर्न खोज्दा टोकेर एक जना घाइते

जगत ठाडा मगर
२०८० माघ २१ | बिहान ०७:१० बजे

नवलपुर, माघ २१ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं.४ छिपछिपेमा अजिङ्गर फेला परेको छ ।

शनिबार बेलुका साढे ६ बजेतिर स्थानीय गोपी भुषालको घरभित्र अन्दाजी ४/५ महिनाको जस्तो
देखिने अजिङगर पसेको थियो ।

उक्त अजिङगरलाई उद्धार गर्ने क्रममा सोही ठाउँका ५७ वर्षीय सन्त बहादुर रानाभाटलाई टोकेर घाइते समेत बनाएको नवलपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते रानाभाटलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल डण्डा पठाइएको थियो । उनको दुबै हातमा चोट लागेको थियो ।

अजिङ्गरलाई भने कावासोती सव बन डिभिजन कार्यालयसँग समन्वय पठाइएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु