रौतहटमा लाइसेन्सका लागि रातिमै लिखित परीक्षा र रातिमै ट्रायल

अशोक यादव


रौतहट, माघ २० । यातायात कार्यालय रौतहटमा रातिमै परीक्षा र ट्रायल हुने गरेको पाइएको छ । दिनमा बढी चहल पहल रहने यातायात कार्यालय रौतहटमा लाइसेन्सका लागि रातिमै लिखित परीक्षा र रातिमै ट्रायल हुने गरेको छ ।
यातायात कार्यालय रौतहटका प्रमुखमा अरविन्द दास आएपछि चालक अनुमतिपत्र लिनका लागि मधेशका अन्य जिल्लाबाट समेत सर्वसाधारण रौतहट पुग्ने गरेका छन् । मोटरसाइकल, चारपांग्रे सवारी साधनका लागि छुट्टा–छुट्टै शुल्क लिने गरेका छन् ।
मोटरसाइकलको लाइसेन्सका लागि २० देखि २५ हजार र चारपांग्रे सवारीको लाइसेन्सका लागि ३५ देखि ४० हजार रुपैयाँसमेत उठाउने गरेका छन् । यातायात कार्यालय रौतहटमा सर्वसाधारण भन्दा बढी बिचौलियाहरुको उपस्थिति अधिक रहेको समेत पाइएको छ ।
मधेश प्रदेशका हरेक जिल्लामा यातायात कार्यालय रहे पनि रौतहट अहिले सबैको रोजाइमा पर्न थालेको छ ।

म्याग्दी प्रहरीको ‘ब्राबोसेरा’ अभियान

नेपालको मौसममा ‘अक्वान’ चक्रवातको प्रभाव

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

एआईमा सहकार्य बढाउन चिनियाँ राष्ट्रपति सीको आग्रह
अरुपनि पढ्नुहोस
सबै
सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
















