बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका चौधरी र थापालाई ग्राण्डी लगियो

नवलपुर टुडे


काठमाडौं । सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई धापासी स्थित ग्राण्डी अस्पतालमा सारिएको छ। बिहीबार पक्राउ परेका उनलाई चिरायु अस्पतालमा राखिएको थियो।
अहिले त्यहाँबाट अस्पतालले रिफर गरेपछि टोखास्थित ग्राण्डी अस्पताल सारिएको प्रहरीले जनाएको छ। जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राख्ने अनुमति दिएपछि चौधरीलाई स्वास्थ्यको कारण देखाउँदै हिरासतमा नराखी अस्पतालमा लगिएको थियो।
उनीसँगै पक्राउ परेका बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पनि ग्राण्डीमा रिफर गरिएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिहीबार चौधरीलाई लैनचौर र अजितनारायणलाई बत्तिसपुतलीबाट पक्राउ गरेको थियो। उनीहरुले छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा व्यक्तिको नाममा लिएको आरोप लागेको छ।
पक्राउ परेका अजितनारायण ८२ वर्षका छन्। उनको मुटुको समस्या छ। चौधरीलाई पनि रक्तचापको समस्या रहेको भन्दै अस्पताल भर्ना गरिएको हो।

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा
अरुपनि पढ्नुहोस
सबै
विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण
















