मुख्य समाचार

बाँसबारी जग्गा प्रकरण: म्याद थपका लागि चौधरी र थापालाई सरकारी वकिल कार्यालय लगियो (तस्बिरहरू)

जगत ठाडा मगर
२०८० माघ १८ | मध्यान्ह ०४:१० बजे

काठमाडौं, माघ १८ । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका अरूण चौधरी र अजितनारायण सिंह थापालाई म्याद थप्न सरकारी वकिलको कार्यालय काठमाडौंमा लगिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले हिरासतमा राख्न अनुमति लिन सरकारी वकिलको कार्यालय काठमाडौंमा लगिएको हो । त्‍यहाँबाट उनीहरूलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिनेछ ।

बिहीबार दिउँसो सिआइबीले सरकारी जग्गा हडपेको आरोपमा चौधरी ग्रुपका सदस्य तथा सिजी होल्डिङका प्रबन्ध निर्देशक अरूण चौधरी र कारखानाको तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो ।

यस्तै अर्का एक जना बाँसबारी छाला जुत्ता कारखानाका सञ्चालक समितिका अध्यक्षसमेत रहेका सञ्जय ठाकुर पनि सिआइबीको नियन्त्रणमा छन् । उनीसँग सिआइबीले सोधपुछ गरिरहेको छ । पक्राउ परेकाहरूमाथि सिआइबीले ठगी तथा किर्ते कसुरमा अनुसन्धान अघि बढाएको हो । 

वि.सं २०४२ सालदेखि बाँसबारीको सरकारी जग्गालाई आफ्नो नाममा बनाउने काम सुरू भएको स्रोत बताउँछ । त्यसरी पटकपटक गरी १० रोपनी जग्गा किर्ते गरी आफूहरूको नाममा सारेको खुलेको हो ।

photo 2024 02 01 16 48 25 photo 2024 02 01 16 48 27 photo 2024 02 01 16 48 41 photo 2024 02 01 16 48 43

कमेन्टहरु