भोजपुरमा १९ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

जगत ठाडा मगर
२०८० माघ १७ | मध्यान्ह ०१:१० बजे

काठमाडौं, माघ १७ । भोजपुरमा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । षडानन्द नगरपालिका-८ बस्ने ५६ वर्षीय चुडाँबहादुर कार्कीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
चुडाँबहादुरले किशोरीलाई सोही नगरपालिका-८ आहाले कुलोको बन्मारा घारीमा लगेर सोमबार दिउँसो बलात्कार गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको टोलीले उनलाई पक्राउ गरिएको हो ।
यस घटनामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।























