मुख्य समाचार

गोरखापत्रका उपसम्पादक शेषकान्त पण्डितको निधन

रासस
२०८० माघ १७ | बिहान ०९:१० बजे

काठमाडौं, माघ १७ । गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको निधन भएको छ । ४७ वर्षीय पण्डितको उपचारका क्रममा आज बिहान ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो ।

उनी क्यान्सरपीडित थिए । पारिवारिक स्रोतका अनुसार बिहान ३ बजे उनको निधन भएको हो । तनहुँको भानु नगरपालिका–१२ मा २०३३ वैशाखमा जन्मिएका पण्डितका श्रीमती, एक छोरा र एक छोरी छन् ।

शिक्षा पत्रकार समाजका महासचिव पण्डित पत्रकारिता तथा सामाजिक अध्ययनका अध्यापन र पुस्तक लेखनमा पनि संलग्न थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

कमेन्टहरु