बुढिनन्दामा सुकुम्बासी भुमिहिन तथा अव्यवस्थितलाई निशा वितरण

उमेश रोकाया


बाजुरा । बुढिनन्दा नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयमा सुकुम्बासी भुमिहिन तथा अव्यवस्थित ६८ जनालाई निशा वितरण गरिएको छ।
नगरपालिका पहिलो वडामा अस्थायी निशा वितरण गरिएको छ। वडा भित्र रहेका बसोबास गरिरहेका वडा टोलमा जग्गा आफ्नो नभएको परिवारलाई एक अनौपचारिक कार्यालय बीच वडा कार्यालय बोलाएर वडा अध्यक्ष जङ्गवीर रोकायको हातबाट निशा वितरण गरेका छन। सबैभन्दा आफ्नो विशेष सहजीकरणमा यो काम अहिले सफल हुन सकेको वडा अध्यक्ष रोकायाले बताएका छन।
बाजुराका विभिन्न पालिकामा निशा वितरण गरेपनि मंगलवार दिनमा हाम्रो नगरपालिका पहिलो पटक सुकुम्बासी भुमिहिन तथा अव्यवस्थित ६८ जनालाई निशा वितरण गरिएको छ। आफू जनताको लागी जुनसुकै समयमा पनि जनताका सेवा पक्ष निरन्तर लागेको छु। जिल्ला भुमि आयोग र जनप्रतिनिधि तथा गाउँका मुख्य मान्छेलाई भेला गराइ निशा दिने काम भएको बताएको छ। भुमिहिन दलित भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको पहिचान र प्रमाणीकरणको आधारमा र मापदण्ड २०७८ को अनुसूची ६ बमोजिम अनुसार काम गरिएको छ।
निशा वितरण कार्यक्रममा बुढिनन्दा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जङ्गवीर रोकायाको अध्यक्षता कार्यक्रम सञ्चालन गरिएको छ। प्रमुख अतिथि कार्यपालिका सदस्य सोविता रोकाया, बिशिस्ट अतिथि जिल्ला भुमिहिन अध्यक्ष जनक रोकाया सहित वडाका जनप्रतिनिधि जिल्लाका भुमिहिन कर्मचारी लगायत स्थानीयहरुको उपस्तिथिमा कार्यक्रम सञ्चालन गरिएको छ।

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा

विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा
अरुपनि पढ्नुहोस
सबै
‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते
















