जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

उमेश रोकाया


बाजुरा- जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बुढीनन्दा नगरपालिकाको जनप्रकाश माविको खेलमैदानमा शिल्ड आजदेखि सुरु भएको हो ।
कोल्टीमा आजदेखि सुरु भएको रनिङ शिल्ड प्रतियोगिता माघ १८ गते चार दिन सञ्चालन हुने भएको छ । रनिङ शिल्ड प्रतियोगिताको आज भव्य समारोहकाबीच प्रतिनिधी सभा सदस्य बद्रीप्रसाद पाण्डेले उद्घाटन गर्नुभएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ९ वटै स्थानीय तहको सहभागि रहेको छ ।
प्रतियोगितामा भलिबल, कवड्डी, मार्सल आर्ट र एथलेटिक्स तर्फका खेलहरुमा सहभागि पालिका विच प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । जिल्ला खेलकुद विकास समिति अध्यक्ष राकेश थापाको अध्यक्षतामा सुरु भएको प्रतियोगितामा प्रमुख अथिति नेपाली कांग्रेसका सह–महामन्त्री तथा प्रतिनिधि सभा सदस्य बद्रीप्रसाद पाण्डे रहेका थिए । विशिष्ट अथितिमा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया र उपप्रमुख लाछु सार्की रहेका थिए ।
त्यस्तै अथितिमा प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, ९ वटै पालिकाका प्रमुख तथा उपप्रमुख, वडा अध्यक्ष, कर्मचारी, विभिन्न विद्यालयका शिक्षक, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो । बुढीनन्दा नगरपालिकाका उपप्रमुख राम बहादुर बोहराले स्वागत मन्तव्य राखेको उद्धाटन कार्यक्रमको सञ्चालन महेश कार्कीले गरेका थिए ।

म्याग्दी प्रहरीको ‘ब्राबोसेरा’ अभियान

नेपालको मौसममा ‘अक्वान’ चक्रवातको प्रभाव

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

एआईमा सहकार्य बढाउन चिनियाँ राष्ट्रपति सीको आग्रह
अरुपनि पढ्नुहोस
सबै
सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
















