सिद्धिपुरका स्थानीयद्वारा भूमि टुक्र्याउने प्लटिङकाे विराेध

जगत ठाडा मगर


काठमाडाैं, माघ १४ । ललितपुरको महालक्ष्मी नगरपालिका अन्तर्गत वडा नम्बर ६ सिद्धिपुर भनिने नेपालभाषामा “थसि” अर्थात् सानागाउँका स्थानीयले आफ्नो वडा क्षेत्रमा स्थानीयलाई भेदभाव र अन्यायपूर्ण ढंगबाट क्षति पुर्याउने गरी बनाइने नयाँ संरचनाका लागि भूमि टुक्र्याउने प्लटिङ अस्वीकार गरेका छन् ।
शुक्रबार स्थानीय भूमिपुत्र किसानहरुको एक टोलीले स्थानीय वडा कार्यालयमा जुलुस सहित वडाध्यक्ष धर्म महर्जनलाई भेटेर पहिले कृषि तथा सांस्कृतिक क्षेत्र र पछि सांस्कृतिक तथा आवास क्षेत्र बनाइएको सिद्धिपुरमा सुमंगलम फुड्स् प्रा. लि. ले माग गरे बमोजिम जग्गा कित्ताकात गर्न नहुने भन्दै त्यसलाई रोक्न माग गरेका छन् ।
यसै क्रममा वडाध्यक्ष महर्जनले आफू र आफ्नो कार्यालयले स्थानीय जनताको भावनाविपरित कुनै काम नगर्ने स्पष्ट पार्दै सिद्धिपुरको भूमि स्थानीय जनताकै चाहना अनुरुप उपयोग गर्ने स्पष्ट पार्नुभयो ।
त्यस क्रममा स्थानीय कृष्ण कुमार महर्जन र किरण महर्जन लगायतले सिद्धिपुरलाई आफ्नै माैलिकता अनुरूप विकसित गर्न दिनुपर्नेमा जोड दिँदै स्थानीय तहले जनताका चाहनाविपरित कसैलाई मनपरी गर्न दिन नहुने माग गर्नुभयो ।

म्याग्दी प्रहरीको ‘ब्राबोसेरा’ अभियान

नेपालको मौसममा ‘अक्वान’ चक्रवातको प्रभाव

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

एआईमा सहकार्य बढाउन चिनियाँ राष्ट्रपति सीको आग्रह
अरुपनि पढ्नुहोस
सबै
सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
















