Opens in a new tab

समाचार

मधेश प्रदेश बन्दको क्रममा हिरासतमा परेका कार्यकर्ता रिहाई पश्चात सम्मान

अशोक यादव
२०८० माघ १२ | मध्यान्ह ०५:१० बजे

रौतहट, माघ १२ । मधेश बन्दका क्रममा पक्राउ परेका नेताहरु रिहाई भए पश्चात आम जनता पार्टीले सम्मान गरेका छन । काठमाडौ स्थित रहेका च्यासल पार्टी प्यालेसमा शुक्रबारका दिन एक कार्यक्रम बिच सम्मान गरेको हो ।

बैंकले लुट र आतंक गरेको बिरोधमा आम जनता पार्टीले घोषणा गरिएको मधेश बन्दको क्रममा प्रहरीले पक्राउ परेका नेताहरुलाई पार्टीको केन्द्रीय अध्यक्ष प्रभु साहले सम्मान गरेको छ ।

आम जनता पार्टीका उपाध्यक्ष तिलक थापा, महासचिव उपेन्द्र साह, उपमहासचिब अरुण घिसिंग, सचिव समिना हुसैन, इन्चार्य त्रिभुवन साह, आम मुस्लिम मोर्चाको केन्द्रीय अध्यक्ष लालबाबू मंसूर, बिद्यार्थी मोर्चाको इन्चार्य सरोज बछाड, महिला मोर्चाको अध्यक्ष कुमारी बबिता, इन्चार्य सिमल साह, सांस्कृतिक मोर्चाको इन्चार्य बिजय यादव, जनजाती मोर्चाको अध्यक्ष पासांग तामाङ, केन्द्रीय सदस्य राजेश साह, बिजय साह तथा आईटी आर्मीको उपाध्यक्ष निवेश यादव, रामशरण यादव, दिपलाल यादव, आमिंद्र, रामसागर लगायतका योद्धाहरुलाई बन्दको क्रममा प्रहरीले हिरासतमा लिएको थियो ।

मधेश बन्दमा वहाँहरुको ऐतिहासिक भुमिकाले बन्द सफल पार्न र बैंक पीड़ितहरुलाई न्याय दिलाउन मजबूत आधार तयार गरेको निष्कर्षसहित बन्दमा सक्रिय सहयोग गर्ने सबैलाई सम्मान गर्नुका साथै बिशेष धन्यवादसमेत दिएका छन।

कमेन्टहरु