लागुऔषधका थुनुवा भगाई फरार रहेका तत्कालीन प्रहरी १६ वर्षपछि काकडभिट्टाबाट पक्राउ

नवलपुर टुडे
२०८० माघ १२ | मध्यान्ह ०४:१० बजे

रौतहट । लागुऔषधका थुनुवालाई भगाएर फरार रहेका तत्कालीन प्रहरी १६ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहटको पथरावुधराम–३ का ४१ वर्षीय विरवलराय यादव रहेका छन् । उनलाई बिहीबार नेपाल भारत सिमानाको काकडभिट्टाबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ परेका यादव लागुऔषध खैरो हेरोइन मुद्दाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी परिसर काठमाडौँ को हिरासतमा रहेका भारतीय नागरिक असरफ आलम भगाई फरार रहेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
प्रहरी उपरीक्षक रेग्मीले यादवलाई मुलुकी अपराध संहिता २०७४ को दफा १०२ अनुसारको कसुरमा सजाय हुने जानकारी दिए ।























