प्रहरीको मिलेमतोमा भारतमा उत्पादन भएका सुर्तीजन्य खुलेआम नेपालमा बिक्री वितरण

अशोक यादव


रौतहट, माघ १२ । भारतमा उत्पादन भएका सुर्तीजन्य भित्र्याएर खुलेआम नेपाली बजारमा बिक्री वितरण हुने गरेको छ । सुर्तीजन्य पदार्थ आयातमा रोक लगाइएका कारण त्यसको भन्सार नकाटिने भए पनि सुरक्षाकर्मीकै मिलोमतोमा तस्करहरुले ल्याउने सुर्तीजन्य पदार्थ रौतहटका सबै बजारमा पुग्ने गरेको छ ।
खुला सीमाका कारण रौतटका विभिन्न नाका हुँदै सुर्तीजन्य पदार्थहरू रौतहट भित्रिने गरेको छ । सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलोमतोमा सुर्तीजन्य पदार्थ रौतहटका बजारमा आउने गरेको सम्बन्धित व्यापारीहरूको भनाइ रहेको छ ।
भारतको बिहारबाट लुकीछिपी प्रहरी प्रशासनकै मिलोमतोमा रजनीगन्दा तुलसी लगायतका सुर्तीजन्य पदार्थ रौतहट जिल्लाका विभिन्न स्थानसम्म पुग्ने गरेको छ । रजनीगन्धा तुलसी पान मसला र भारतीय सुर्ती प्रहरी प्रशासनकै सेटिङमा रौतहटको विभिन्न नाका भएर छिर्ने गरेको छ । क्यारियर मार्फत व्यापारीहरूले यसरी अवैध रूपमा आयात गरिएको सुर्तीजन्य पदार्थ रौतहटका सबैजसो मुख्य बजारहरूमा पुग्ने गरेको छ ।
रौतहटको विभिन्न नाका हुँदै अवैध रूपमा ल्याइएको रजनीभन्दा तुलसी तथा पान मसलाहरू रौतहट हुँदै काठमाडौँ नारायणघाट पोखरा र हेटौडासम्म पुग्ने गरेको छ । नेपाल सरकारले भारतबाट सुर्तीजन्य पदार्थ आयातमा रोक लगाएपछि त्यसको भन्सार काट्ने सिस्टम नभएका कारण व्यापारीहरुले लुकी छिपी यसको व्यापार गर्दै आएका छन् ।
रौतहट सहित मधेश प्रदेश र देशकै विभिन्न स्थानमा बिक्री वितरण हुने रजनीगन्दा तुलसी र पान मसला भारतबाट अवैध रूपमा आयात हुने गरेको छ । पान मसला र सुर्तीजन्य पदार्थको भन्सार नकाटिने भएपछि व्यापारीहरूले सीमामा तैरत सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई मिलाएर सीमा पार गराउँदै यसको व्यापार व्यवसाय गर्दै आएका छन् ।
रौतहट प्रहरी र सशस्त्र प्रहरीले भन्सार छलेका विभिन्न सामानहरू बरामद गरेर सार्वजनिक गर्ने गरेको भएपनि सुर्तीजन्य पदार्थ अहिलेसम्म बरामद गरेर सार्वजनिक नगर्नुले पनि शङ्का उत्पन्न भएको गौरका स्थानीय बासिन्दा पुष्पराज यादवको भनाइ रहेको छ । यसका औलामा भारतबाट अवैध रूपमा पानमा हालिने मसला र पानको पत्ता समेत प्रहरी प्रशासनकै सेटिङमा भन्सार तपाईँले गरिएको छ।
गौर बाहेकका अन्य छोटी भन्सार हुँदै खैनी समेत सशस्त्र र नेपाल प्रहरीको मिलोमतोमा रौतहट छिर्ने गरेको समाचार स्रोतले बताएको छ । रौतहट सहित मधेश प्रदेशका जिल्लामा बिक्री वितरण हुने कालो खैनी समेत अवैध बाटो भएर नेपाल छिर्ने गरेको छ ।
आम सर्वसाधारणको स्वास्थ्यमा असर गर्ने रजनी भन्दा तुलसी लगायतका सुर्तिजन्य पदार्थ प्रहरी प्रशासनकै मिलोमतोमा रौतहटका विभिन्न नाका भएर छिर्ने गरेको स्थानीय व्यापारीहरूको भनाई रहेको छ ।
मधेस प्रदेशका हरेक पान दुकानका बाहिर झुण्ड्याएर राखिएका यस्ता गुट्खाजन्य पदार्थहरू नेपाल भित्रार्याउन नेपाल सरकारले प्रतिबन्ध लगाएको भएपनि खुलेआम रुपमा नेपाल आउने यस्ता वस्तुको बिक्री वितरण हुने गरेको छ ।

म्याग्दी प्रहरीको ‘ब्राबोसेरा’ अभियान

नेपालको मौसममा ‘अक्वान’ चक्रवातको प्रभाव

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

एआईमा सहकार्य बढाउन चिनियाँ राष्ट्रपति सीको आग्रह
अरुपनि पढ्नुहोस
सबै
सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
















