मुख्य समाचार

सवारीचालक अनुमतिपत्र छिटो दिन प्रधानमन्त्री प्रचण्डको निर्देशन

नवलपुर टुडे
२०८० माघ ८ | मध्यान्ह ०६:१० बजे

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) चाँडो उपलब्ध गराउन निर्देशन दिएका छन्। लाइसेन्स वितरणमा चर्को अनियमितता भएको र पाउनुपर्नेले नपाएको भन्दै असन्तुष्टि व्यक्त भइरहेका बेला प्रधानमन्त्री दाहालले सोमबार समयमै दिन निर्देशन दिएका हुन्।

दाहालको सचिवालयका अनुसार राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र र राहदानी सेवालाई थप व्यवस्थित बनाउन सम्बन्धित निकायका पदाधिकारीसँग छलफल गरेका छन्। दाहालले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘छलफलका क्रममा मैले प्रष्ट निर्देशन दिएको छु– जो–जो नागरिकले सवारीचालक अनुमतिपत्रको परीक्षा पास गरेर राजश्वसमेत बुझाउनुभएको छ, उहाँहरूको लाइसेन्स छिटो उपलब्ध गराउनुस्। यो राज्यको दायित्व हो। आजको दुनियाँ प्रविधिको हो, त्यसैले इन्टिग्रिटेड टेक्नोलोजीमा जानुको हामीसँग अर्को विकल्प छैन।

देशका लागि आवश्यक पर्ने प्रविधिको विकास र प्राविधिकहरूको उत्पादन राष्ट्रिय कार्यभार हो। यसका लागि योजनावद्ध रूपमा काम गरौँ।’

कमेन्टहरु