मुख्य समाचार

अघिल्लो पटक मैले आवेशवश संचारकर्मीमाथि ‘पर्सनल अट्याक’ गरेको छु, क्षमा चाहन्छु : सभापति रवि लामिछाने

नवलपुर टुडे
२०८० माघ ८ | मध्यान्ह ०६:१० बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संचारकर्मीमाथि पर्सनल अट्याक गर्नु आफ्नो गल्ती भएको स्वीकार गरेका छन् ।

सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले अघिल्लो पटकको पत्रकार सम्मेलनमा आफूले संचारकर्मीमाथि आवेशवश ‘पर्सनल अट्याक’ गर्न पुगेको भन्दै गल्ती भएको स्वीकार गरेका हुन्।

‘अघिल्लोपटकको प्रेसमिटमा मैले आवेशवश संचारकर्मीमाथि पर्सनल अट्याक पनि गरेको छु । त्यसका लागि म क्षमा चाहन्छु। त्यस्तो मेरो उद्देश्य पनि होइन। कतिपय सवालमा डा. रामेश कोइरालाजस्तो साथीलाई पर्न गयो, यसपटक क्षमा गर्नुहोला। धर्म भुसाललाई, सम्भव सिरोहियालाई हुन गयो। मैले त्यसरी व्यक्तिगत तहमा नगएको भए पनि हुने। त्यसरी आज प्रस्तुत हुँदिन, भविष्यमा पनि त्यसरी प्रस्तुत हुने मैले विचार गरेको छैन,’ उनले भने।

कमेन्टहरु