मुख्य समाचार

नवलपुरमा आगो ताप्ने क्रममा जलेर एक वृद्धा गम्भीर घाइते

नवलपुर टुडे
२०८० माघ ५ | मध्यान्ह ०९:१० बजे

नवलपुर, माघ ५ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं ६ प्रसौयामा आगो ताप्ने क्रममा जलेर एक वृद्धा घाइते भएकी छन् ।

शुक्रबार दिउँसो करिब ४ बजेको समयमा स्थानीय ८० वर्षिया खिन्दुदेवी थापाले आफ्नै घरमा आगो ताप्ने क्रममा अचानक साडीमा आगो सल्किन जाँदा शरीरको पछाडी कम्मर मुनीको भाग र बाँया हात जली सख्त घाइते भएको नवलपुरका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।

गम्भीर घाइते भएकी थापाको मेडिकल कलेज भैरहवामा उपचार भैरहेको उनले बताए ।

कमेन्टहरु