आगो ताप्दा यी ५ कुरामा ध्यान दिन अनुरोध

नवलपुर टुडे


नवलपरासी । एक्कासी बढेको चिसोका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । यो बेलामा चिसोबाट जोगिनका लागि न्यानो लुगा लगाउनु स्वास्थ्यका लागि राम्रो हुन्छ ।
कतिपयले भने जाडो छल्न आगो ताप्ने, हिटर बाल्ने गरेको पाइन्छ । स्वास्थ्यका दृष्टिले यसो गर्नु घातक हुने चिकित्सकहरुको भनाइ छ । जाडो मौसममा न्यानोका लागि सहरी क्षेत्रमा धेरैले ब्रिकेट ताप्छन् ।
जाडोमा तातोका लागि तापिने हिटर, ब्रिकेट र आगोले हरेक वर्ष धनजनको ठूलो क्षति भएको खबर आइरहेका हुन्छन् । त्यसैले आगो ताप्दा धेरै कुरामा ध्यान ठुलो आवश्यक छ ।
आगो ताप्दा ध्यान दिन पर्ने कुरा:
१) चिसोका कारण झ्याल ढोका बन्द गरेर आगो ताप्दा कोठामा कार्बनडाइअक्साइड तथा कार्बनमोनो अक्साइडको मात्रा बढ्छ ।
२) उक्त ग्याँस लामो समयसम्म शरीरमा प्रवेश गरे विभिन्न स्वास्थ्य समस्या सिर्जना हुनुका साथै मानिसको मृत्युसमेत हुनसक्छ ।
३) आगो वा हिटरलाई राम्रोसँग हावा आवत–जावत हुने ठाउँमा प्रयोग गर्नु पर्छ ।
४) आगो ताप्दा कपडा सम्हालेर बस्नुपर्छ । उठ्दा–बस्दा पर्याप्त ध्यान पुर्याउनु पर्छ अन्यथा आगलागी हुने सम्भावना हुन्छ ।
५) आगो, ब्रिकेट, हिटर आदि बालबालिकाहरूको पहुँचबाट टाढै राख्नुपर्छ भने प्रयोग गरेपछि बन्द गर्न बिर्सनु हुँदैन ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















