चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा छ महिनामा नौ गैँडा मरे

रासस
29


चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गएको छ महिनामा नौवटा गैँडा मरेका छन् । तीमध्ये दुईवटा चोरीसिकारीले मारेको पुष्टि भएको र थप एउटा चोरी सिकारीले मारेको आशंका गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यस वर्ष बुढो भएर र भिरबाट लडेर दुई, आपसमा जुधेर दुई र बाघ एवं गोहीको आक्रमणबाट दुईवटा गैँडा मरेका हुन् । गएको कात्तिक ३० मा निकुञ्जको चपरचुली पोष्टदेखि दक्षिणको खाडलमा पारेर तस्करले दुई गैँडा मरेका थिए ।
त्यस्तै तस्करहरुले छ र १८ वर्षका पोथी गैँडा खाल्डोमा पारेर मारेका थिए । ती तस्करलाई पक्राउ गरिसकिएको छ । यसअघि भदौमा निकुञ्जकै हरदा खोला क्षेत्रमा एउटा गैँडाको हाडखोर भेटिएको थियो । तिवारीले सो गैँडा तस्करले मारेको आशङ्का गरिएको बताउनुभयो । घटनास्थलमा खाग नभेटिएकाले तस्करले मारेको हुनसक्ने आशङ्का गरिए पनि यकिन नभएको उनले बताए । उक्त घटनाको अनुसन्धान भइरहेको छ ।
निकुञ्ज र आसपासका क्षेत्रका बढी गैँडा प्राकृतिक कारणले मर्ने गरेका छन् । निकुञ्जले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७२÷७३ यता दुई सय ३५ वटा गैँडा मरेका छन् र तीमध्ये १२ वटा चोरीसिकारीले मारेको आशङ्का गरिएको छ । बुढो भएर, भिरबाट लडेर, दलदलमा फसेर, बाढीले बगाएर, आपसमा जुधेर, बाघ र गोहीले आक्रमण गरेर, विद्युतीय करेन्टमा परेर, रोग लागेर, खाडलमा परेर, विष सेवन गरेर गैँडा मर्ने गरेका छन् । निकुञ्जमा पछिल्लो गणनाअनुसार छ सय ९४ गैँडा छन् ।

चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित
२०८३ मंसिर ३ | बिहान ०७:०८ बजे

म्याग्दी प्रहरीको ‘ब्राबोसेरा’ अभियान
२०८३ मंसिर ३ | बिहान ०७:०८ बजे

नेपालको मौसममा ‘अक्वान’ चक्रवातको प्रभाव
२०८३ मंसिर ३ | बिहान ०६:०८ बजे

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ मंसिर ३ | बिहान ०६:०८ बजे

राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंसिर ३ | बिहान ०६:०८ बजे
अरुपनि पढ्नुहोस
सबै
एआईमा सहकार्य बढाउन चिनियाँ राष्ट्रपति सीको आग्रह
२०८३ मंसिर २ | मध्यान्ह ०५:०८ बजे

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति
२०८३ मंसिर २ | मध्यान्ह ०५:०८ बजे

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय
२०८३ मंसिर २ | मध्यान्ह ०५:०८ बजे

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन
२०८३ मंसिर २ | मध्यान्ह ०५:०८ बजे












