Opens in a new tab

समाचार

शिक्षक सेवा आयोगले प्रकाशित गर्‍याे अन्तर्वार्ताको नतिजा

नवलपुर टुडे
२०८० पुस २९ | बिहान ०८:०९ बजे
काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीका लागि लिएको लिखित र अन्तर्वार्तामा छनोट भएका उम्मेदवारहरूको नतिजा प्रकाशित गरेको छ।

आयोगले आइतबार एक सूचना प्रकाशित गर्दै गत पुस २२ र २३ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूमध्ये शिक्षा सेवा आयोग नियमावली २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कका आधारमा कर्णाली प्रदेशको अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित–विज्ञान र सुदूरपश्चिम प्रदेशको नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित–विज्ञान विषयमा सफल भएका उम्मेदवारहरूको नतिजा प्रकाशन गरेको हो।

आयोगको २८ गते शनिवारको निर्णय अनुसार सफल उम्मेदवारहरूको नतिजा प्रकाशित गरेको जनाएको छ। ‘अन्तर्वार्तामा सम्मिलित उम्मेदवारहरूले आफ्नो प्राप्ताङ्क हेर्न चाहेमा आयोगको वेबसाइट को नतिजामा गई नतिजा प्रकाशन भएको मितिले ७ दिनसम्म हेर्न सकिन्छ’, आयोगले सूचनामा उल्लेख गरेको छ।

कमेन्टहरु