राष्ट्रपति रनिङ सिल्ड भलिबल सर्वउत्कृष्टमा ११ वर्षका बुढथापा

उमेश रोकाया


बाजुरा । जिल्लाको हिमाली गाउँपालिका तेस्रो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा भलिबल विधामा सर्वउत्कृष्ट स्थान ११ वर्षीय रिजन बुढथापा सम्मान पत्र दिएको छ।
” स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने अभियानमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद संयोजकत्वमा हिमाली गाउँपालिका द्रारा पौष महिनाको ६ गते देखी ९ गतेसम्म आयोजित गरिएको थियो।
अन्तर माध्यमिक बिधालय स्तरीय अध्यक्ष तथा राष्ट्रपति रनिङ सिल्ड खेलकु्द २०८० प्रतियोगितामा भलिबल विधामा सर्वउत्कृष्ट स्थान हासिल गर्नु भएको बागेश्वरी माध्यमिक बिधालय हिमाली गाउँपालिका वडा नम्बर ५ का छात्र रिजन बुढथापालाई हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले प्रमाणपत्र मेटल र कप हस्तान्तरण गरेका छ्न। थप प्रगतिको शुभकामना व्यक्त गर्दै उज्यालो भविष्यको कामना समेत पालिका अध्यक्ष मल्लले दिएको राज मलालले बताएका छन।
उनको पढाई अहिले कक्षा ७ मा अध्यनरत रहेको छन। भने हाल ११ वर्षको उमेर भएको छ। रिजन बुढथापले आफ्नो दुई वर्षको उमेरमा बुवा गुमाएका हुन। पढाई क्षेत्रमा पनि उत्तिकै लगनशील र मेहनत रहेकोे उनका आफन्तले जनाएका छ्न।

चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित

म्याग्दी प्रहरीको ‘ब्राबोसेरा’ अभियान

नेपालको मौसममा ‘अक्वान’ चक्रवातको प्रभाव

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
अरुपनि पढ्नुहोस
सबै
एआईमा सहकार्य बढाउन चिनियाँ राष्ट्रपति सीको आग्रह

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन
















