मुख्य समाचार

आफूलाई तपस्वी ‘लिटिल बुद्ध’ बताउने रामबहादुर बम्जन पक्राउ

नवलपुर टुडे
२०८० पुस २४ | मध्यान्ह ०८:०९ बजे

काठमाडौँ, पुस २४ । आफूलाई ‘लिटिल बुद्ध’ बताउने विवादित पृष्ठभूमिका रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । उनलाई बुढानीलकण्ठस्थित एक घरबाट पक्राउ गरेर भर्खरै ब्युरो ल्याइएको ब्युरोका उच्च अधिकारीले बताए ।

बम्जन लामो समय बाराको हलखोरिया जंगलमा बसेका थिए । पछिल्लो समय भने उनले सिन्धुलीमा आश्रम बनाएर बसेका थिए । आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौन हिंसा गरेको उजुरीपछि सीआईबी, कोशी प्रदेश र मधेश प्रदेश प्रहरीलेसमेत उनको खोजी गरिरहेका थिए ।

लामो समयदेखि फरार रहेका बम्जनलाई पक्राउ गर्न प्रहरीले पटक-पटक उनको सिन्धुलीस्थित आश्रम र अन्य केही शंकास्पद स्थानमा छापा मारेको थियो ।

कमेन्टहरु