चितवनको भरतपुरमा जुटको बोराभित्र भेटिएको दुई शवको सनाखत

नवलपुर टुडे


चितवन, पुस २३ । चितवनको भरतपुरमा जुटको बोराभित्र भेटिएको दुई वटा शवको सनाखत भएको छ । गत मङ्सिर ६ मा भरतपुर महानगरपालिका–१२ स्थित मिलनचोकमा महिला र पुरुषको शव भेटिएको थियो ।
मृतक दुवै जना भारतीय रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भारत मोतिहारीका उनीहरु चितवनको भरतपुरमा व्यापार गरेर बस्ने गरेका थिए । उनीहरुको हत्या पनि भारतीय नागरिकले नै गरेको प्रहरीको भनाइ छ ।
अनुसन्धानको क्रममा हत्यामा संलग्न व्यक्ति भारतमै अर्को एक हत्यामा संलग्न भएको पाइएको प्रहरीले जनाएको छ । उनी भारतकै प्रहरी नियन्त्रणमा रहेकाले नेपाल ल्याउन नमिलेको प्रहरीको भनाइ छ । हत्यामा संलग्न व्यक्तिसँग बयान लिन नेपाल प्रहरीको टोली भारतको बिहार पुगेको थियो ।
आरोपीको बयानको आधारमा यो घटना विवाहेत्तर सम्बन्धसँग सम्बन्धित रहेको प्रहरीको भनाइ छ । विवाहेत्तर सम्बन्ध थाहा पाएपछि महिलाका श्रीमानले भरतपुर बसपार्क नजिकै दुबै जनाको हत्या गराएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित

म्याग्दी प्रहरीको ‘ब्राबोसेरा’ अभियान

नेपालको मौसममा ‘अक्वान’ चक्रवातको प्रभाव

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
अरुपनि पढ्नुहोस
सबै
एआईमा सहकार्य बढाउन चिनियाँ राष्ट्रपति सीको आग्रह

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन
















