मुख्य समाचार

सात वर्षअघि दर्ता भएको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डले पाए सफाइ

जगत ठाडा मगर
२०८० पुस २० | मध्यान्ह ०४:०९ बजे

काठमाडौँ, पुस २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सफाइ पाएका छन् । २०७३ जेठ १२ मा दर्ता भएको उक्त मुद्दामा सर्वोच्चले ‘मागदाबी नपुग्ने’ बताउँदै शुक्रबार सफाइ दिएको हो ।

अदालतविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दाहालविरुद्ध अवहेलना मुद्दा दिएका थिए । त्यसबेला द्वन्द्वकालीन मुद्दामा तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेल र छविलाल अधिकारीलाई पक्राउ परेपछि दाहालले काठमाडौँमा आयोजित पार्टीको कार्यक्रममा अदालत शान्ति सम्झौता विपरीत जान लागेको आरोप लगाएका थिए ।

उक्त विषयलाई लिएर अधिवक्ता त्रिपाठीले प्रचण्डविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दायर गरेका थिए । तर सर्वोच्चले निवेदकले भनेजस्तो अवहेलनामा मुद्दामा माग दाबी नपुग्ने जनाएको छ । 

कमेन्टहरु