‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ

जगत ठाडा मगर
२०८० पुस २० | मध्यान्ह ०१:०९ बजे

काठमाडौँ, पुस २० । राइड शेयरिङ एप ‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई बिहीबार राति पक्राउ गरेको हो ।
विश्वासघात गरेर प्रतिलिपि अधिकार हनन गरेको कसुरमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले जानकारी दिए । मुद्दा टुटल र टुटल बाई ग्याप सँग सम्बन्धित रहेको प्रहरीको भनाई छ ।
भट्टविरुद्ध उनीसँगै कम्पनीमा शेयर सदस्य रहेका ४ जनाले जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका भट्टमाथि थप अनुसन्धान गर्न काठमाडौं प्रहरीले म्याद थपका लागि जिल्ला अदालत लगिएको छ ।






















