भूकम्पका दुई महिना अधिकांश पीडित पालमै

नवलपुर टुडे


रुकुमपश्चिम, पुस १९ । जाजरकोट भूकम्पको दुई महिनासम्म अधिकांश पीडित त्रिपालमै बस्न बाध्य भएका छन् । भूकम्पमा रुकुमपश्चिमका ५३ जनाको मृत्यु भएको थियो । करिब ३२ हजार घरपरिवार घरबासविहीन भएका थिए ।
भूकम्पपछि खोज, उद्धार, उपचार र राहत वितरणको काम प्रभावकारी भए पनि अस्थायी आवास निर्माणको काममा ढिलाइ भइरहेको छ । दुई महिनासम्म त्रिपालमै बस्नु परेको भूकम्पपीडितको गुनासो रहेको छ । स्थानीय सरकार अस्थायी आवासमै केन्द्रित भएको बताइन्छ ।
जिल्ला प्रशासनका कार्यालयको तथ्याङ्क अनुसार हालसम्म सरकारी अनुदानबाट रुकुमपश्चिममा सात हजार ७९ वटा मात्र अस्थायी आवास निर्माण भएका छन् । अधिकांश पीडित त्रिपालकै साहरामा रहेका छन् । भूकम्पले चर्केकै घरमा कतिपय पीडित बस्न बाध्य छन् । आठबिसकोट नगरपालिका–१३ का रमेश मल्लले आफूसहित अधिकांश परिवार त्रिपालमै रहेको बताउनुभयो । उहाँका अनुसार त्रिपालले चिसो थेक्न नसकेको भन्दै केही पीडित चर्केको घरमै बस्न थालेका छन् । तीव्र रूपमा अस्थायी आवास निर्माण र पुनर्निर्माणको पर्खाइमा भूकम्पपीडित रहेका छन् ।
आठबिसकोट नगरपालिका–१४, छेपारे गाउँकी भूकम्पपीडित सरस्वती जैसीले त्रिपालमा बस्दा सबै परिवारमा स्वास्थ्य समस्या बढिरहेको छ । हिउँदको चिसोले त्रिपालबाट समेत शीत चुहिने भएकाले रुघाखोकी र आफूलाई दमको समस्या भइरहेको उहाँको भनाइ छ । सरकारले घर बनाइदिएमा आफूहरूलाई थप राहतको महसुस हुने उहाँको माग छ ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको तथ्याङ्कमा सात हजार ७९ अस्थायी आवास निर्माण भएको र नौ हजार ३४१ निर्माणको चरणमा रहेका छन् । अस्थायी आवास निर्माणका लागि सङ्घीय सरकारबाट जिल्लामा हालसम्म ८४ करोड बजेट प्राप्त भइसकेको छ । जिल्लाबाट ५९ करोड रुपियाँ पहिलो किस्ताबापत स्थानीय तहको कोषमा पठाइसकिएको छ । हालसम्म स्थानीय तहले ४९ करोड २९ लाख २५ हजार रुपियाँ लाभग्राहीको खातामा पठाइसकेका छन् । यहाँ २५ हजारका दरले पहिलो किस्ता पाउने लाभग्राही १९ हजार ७१७ परिवार रहेका छन् । हालसम्म जिल्लामा करिब २७ हजार लाभग्राही पहिचान भइसकेका छन् । अझै निवेदन सङ्कलनको काम स्थानीय तहमा भइरहेको जनाइएको छ । करिब ३२ हजार लाभग्राही पुग्ने अनुमान रहेको छ ।

चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित

म्याग्दी प्रहरीको ‘ब्राबोसेरा’ अभियान

नेपालको मौसममा ‘अक्वान’ चक्रवातको प्रभाव

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
अरुपनि पढ्नुहोस
सबै
एआईमा सहकार्य बढाउन चिनियाँ राष्ट्रपति सीको आग्रह

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन
















