सशस्त्र प्रहरी बलद्वारा एक महिने फायर फाइटिङ तालिम सम्पन्न

जगत ठाडा मगर


राजेन्द्र महतो
काठमाडौ, पुस १७ । सशस्त्र प्रहरी बल नेपालले अग्नि नियन्त्रणका लागि सप्तरीमा एक महिने तालिम सम्पन्न गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीले विपद व्यवस्थापनका लागि पूर्वतयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुन:स्थापना जस्ता कार्यको व्यवस्थापन हुन नसक्दा आगलागीको जोखिम बढ्दै गएकाले फायर फाइटिङ तालिम प्रदान गरिएको जनाएको हो ।
जिल्लाको कञ्चनरुप नगरपालिका -२ बरमझिया स्थित कार्यालयको तालीम भवनमा समपन्न तालिममा सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदीले स्थानीय सरकारसँग समन्वय र सहकार्य गरी विपद् जन्य विशेष प्रकृतिका तालिमहरु थप संचालन गर्दै लैजाने र स्थानीय निकायहरुमा यस्ता प्रकृतिका तालिमहरुले विपदजन्य घटनाहरुमा सशस्त्र प्रहरी बल नेपालको परिचालनले समुदायिक स्तरमा थप प्रभावकारिता ल्याउने जानकारी दिए ।
उनले बहुप्रकोप जोखिमयुक्त सहरी क्षेत्रमा विपद जोखिम न्यूनीकरण तथा आपतकालीन प्रतिकार्य क्षमता अभिवृद्धिका लागि तालिम महत्वपूर्ण रहेको
बताए । गत मसिर १७ गतेदेखि संचालन भएको सो फाईटिङ्ग (अग्नि नियन्त्रक) तालिम पुस १७ गते भब्य रुपमा सिमुलेशन एक्ससाईज गरी समपन्न भएको छ ।
तालिममा सशस्त्र प्रहरी बल, नेपालका विभिन्न युनिटहरुबाट ४९ जना सशस्त्र प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो । सो अवसरमा डेमोस्ट्रेशन अवलोकनका लागि कञ्चनरुप नगरपालिकाको उप-प्रमुख, विभिन्न वडाका वडा अध्यक्ष लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो । उक्त डेमोस्ट्रेश कार्यक्रममा व्यवहारिक जिवनमा आईपर्ने घटना क्रमहरुको परिकल्पना गरी दमकललाई प्रयोग गर्ने तरिका¸ विभिन्न ठुला भवन, अपार्टमेन्टहरुमा आगलागी भएको अवस्थामा भवन भित्र रहेका ब्यक्तिहरुलाई कसरी उद्धार गरिन्छ भनी सो सम्बन्धी डेमोस्ट्रेशन प्रदर्शन गरिएको थियो ।
त्यसैगरी बाक्लो बस्तिहरुमा आगलागी भएमा कसरी आगलागी नियन्त्रण र उद्धार कार्य गरिन्छ भन्ने अवस्थाको डेमोस्ट्रेशन देखाईएको थियो । साथै बर्सेनी भान्सा कोठामा ग्यास सिलिण्डरबाट हुने आगलागी र सोबाट मानिसहरु घाईते हुने तथा जनधनको क्षतिलाई न्यूनिकरण गर्न के-कस्ता उपायहरु अवलम्बन गर्न सकिन्छ र सो सम्बन्धी सन्देश मुलक पर्दशनी र फायर एक्स्टिङ्ग्गाइजरको प्रयोग विधिबारे समेत जानकारी गराईएको थियो ।

चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित

म्याग्दी प्रहरीको ‘ब्राबोसेरा’ अभियान

नेपालको मौसममा ‘अक्वान’ चक्रवातको प्रभाव

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
अरुपनि पढ्नुहोस
सबै
एआईमा सहकार्य बढाउन चिनियाँ राष्ट्रपति सीको आग्रह

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन
















