बाजुरामा आगलागी हुँदा एक घर जलेर नष्ट, लाखौं क्षति

उमेश रोकाया


बाजुरा । जिल्लाको गौमुल गाउँपालिका–६ चौकामा मंगलबार विहान एक घरमा आगलागी हुँदा घर जलेर नष्ट लाखौं क्षति भएको छ ।
विहान करिव ७ बजेको समयमा बालबालिकाले चलाएको आगोबाट घरमा आगलागी भएको प्रहरी जनाएको छ । स्थानीय शेर बहादुर रोकायाको घरमा आगलागी भएको आफन्त सुरेश रोकायाले बताएका छन् । चुलोमा बलिरहेको आगोमा ७ वर्षका बालकले सलाईको काटी जलाएर किताबमा लगाए पछि घरमा आगालागी भएको ईलाका प्रहरी कार्यालय गौमुलले जनाएको छ ।
आगलागीबाट करिव २ लाख ५० हजार बढीको क्षति भएकोे अनुमान गरिएको छ । आगलागीबाट नगद २० हजार सहित घरभित्र रहेका गहना, अन्नपात, लत्ताकपडा, लालपूर्जा, नागरिकता, प्रमाणपत्र लगायत सबै जलेर नष्ट भएका छन् ।
स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट बचेको छ । यसअघि सोही वडाको टुनी टोलमा समेत एक घरमा आगलागी हुदाँ पूर्ण रुपमा क्षति भएको थियो ।

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा
अरुपनि पढ्नुहोस
सबै
विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण
















