नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनको निम्तो बाँड्न जनताको बस्तीमा रेशम चौधरी

नवलपुर टुडे


कैलाली । आगामी पुस २६ गते बाट सुरु हुने नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनका लागि अहिले संरक्षक रेशमलाल चौधरी तीव्र तयारीमा छन् ।
पहिलो पटक आयोजना हुन लागेको महाधिवेशनलाई ऐतिहासिक र भव्य बनाउन गाउँ बस्तीमा अभियान सुरु गरिएको उनले बताए ।
आज टीकापुर न पा वार्ड न १ र २ अन्तर्गत बिजयनगर मुक्त कमैया शिविर बाट महाधिवेशनको निम्तो बाँड्दै उनले समस्यामा रहेका हरेक नागरिकको उन्मुक्ति नागरिक उन्मुक्ति पार्टीले मात्रै गर्न सक्ने बताएका छन् ।
‘चुनाव भन्दा माहौल राम्रो छ । कामको बेलामा पनि उहाँहरू घर छोडेर सहभागी भइरहनु भएको छ’ संरक्षक चौधरीले भने ‘हामीलाई जनताको विश्वास गरिरहनु भएको छ हामी त्यो विश्वासलाई कायम राख्न पक्षमा छौँ ।’
आज संरक्षक चौधरीको नेतृत्वमा महाधिवेशनको निम्तो बाँडिरहेका र अब निर्वाचित क्षेत्र स्तरमा त्यहाँबाटै निर्वाचित सांसदहरू लाग्ने उनले बताए । नागरिक उन्मुक्ति पार्टीले पहिलो पटक आठ हजार प्रतिनिधि उपस्थित गराउने गरि महाधिवेशनको आयोजना गर्न लागेको हो । उक्त महाधिवेशनमा सहभागी हुन चौधरीले सबैलाई भेटेरै आग्रह गरिरहेका छन् ।
‘घरदैलो गर्दै त्यहाँका जनतालाई महाधिवेशनको निम्तो दिइरहेका छौँ ’ उनले भने हाम्रो ‘महाधिवेशन प्रतिनिधिका दृष्टिकोणले मात्रै होइन सहभागिताको दृष्टिकोणले पनि ऐतिहासिक बन्दै छ ।’
८ हजार प्रतिनिधि आउने
पहिलो निर्वाचनमै उल्लेख्य जनमत पाएको नागरिक उन्मुक्ति पार्टीको आसन्न महाधिवेशनमा ८ हजार प्रतिनिधिले भाग लिने जनाएको छ । महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन हुने छ।
नाउपामा अध्यक्ष, सहध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् । महाधिवेशनमा सबै जिल्लाको प्रतिनिधि गराउने तयारी गरिएको छ ।

चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित

म्याग्दी प्रहरीको ‘ब्राबोसेरा’ अभियान

नेपालको मौसममा ‘अक्वान’ चक्रवातको प्रभाव

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
अरुपनि पढ्नुहोस
सबै
एआईमा सहकार्य बढाउन चिनियाँ राष्ट्रपति सीको आग्रह

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन
















