विजयनगरमा पूर्ण सरसफाई अभियान तीव्र, ९ ओटै सूचक पूरा गर्ने परिवारलाई सरसफाई कार्ड वितरण
धर्मेन्द्र कुमार कुर्मी


कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नम्बर ७ ले सरसफाई अभियानको दोस्रो चरणको अभियानलाई तीव पारेको छ । दोस्रो चरणको अभियानको पहिलो दिन बिहिबार छो–अमौली, परसोहियामा ५० घरधुरीमा अनुगमन गरिएको छ । पूर्ण सरसफाई कार्डको ९ वटा सूचक पूरा गर्ने परिवारलाई सरसफाई कार्ड वितरण गरिएको वडाले जनाएको छ ।
अनुगमनका क्रममा शौचालय बनाएर पनि प्रयोग नगरेका तथा सरसफाई कार्डका ९ वटा सूचक पूरा नगरेका १० ओटा भन्दा बढी परिवारको सरसफाई कार्ड फिर्ता लिएको वडा अध्यक्ष दिनेश कुमार चौधरीले बताए । उनले सरसफाई कार्ड नभएका परिवारले कुनै पनि सेवा सुविधा वडा तथा गाउँपालिकाबाट नपाउने बताए ।
वडा नम्बर ७ का वडा अध्यक्ष दिनेश कुमार चौधरी, इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक दिवाकर रिजाल, वडा सचिव बिमल पोख्रेल, खानेपानी तथा सरसफाई संयोजक अर्जुन बेल्बासे लगायत स्थानीयको उपस्थितिमा अनुगमन गरेको वडाले जनाएको छ ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















