गौशालाबाट हराएकी साढे दुई वर्षकी बालिकाको तीन दिनपछि भक्तपुरबाट उद्धार

जगत ठाडा मगर

काठमाडौं, पुस १२ । काठमाडौको गौशाला पशुपति मन्दिर क्षेत्रबाट मंगलबार साँझ हराएकी साढे दुइ वर्षकी बालिकालाई प्रहरीले भक्तपुरबाट उद्धार गरेको छ ।
सिन्धुपाल्चोक घर भई पशुपतिमा चिया व्यापार गर्दै आएकी ३४ वर्षीया लक्ष्मी सुनुवारकी छोरी आशिका सुनुवारलाई प्रहरीले तीन दिनपछि भक्तपुरबाट उद्धार गरेको हो । लक्ष्मीले चिया खान आएको व्यक्तिले जबर्जस्ती छोरीलाई लगेको भन्दै प्रहरीलाई खबर गरेकी थिइन् ।
उनले खबर गर्नसाथ जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले खोजी कार्य गरेको थियो । बिहीबार बिहान भक्तपुर बालकोट क्षेत्रबाट बालिकालाई सकुशल उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए ।
एसपी रेग्मीका अनुसार बालिकालाई लिएर गएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको व्यक्तिमाथि सोधपुछ कार्य भइरहेको उनले बताए ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















