मौसम

आजको मौसम : यी तीन प्रदेशका पहाडी भूभागमा आंशिक बदली

जगत ठाडा मगर
२०८० पुस १२ | बिहान ०६:०९ बजे

काठमाडौं, पुस १२ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अहिले बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

राति कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

देशभरिको तापक्रम चिसो रहेकोले त्यसबाट बच्न आवश्यक उपायहरू अपनाउन र सतर्क रहन पनि महाशाखाले अनुरोध गरेको छ ।

कमेन्टहरु