मुख्य समाचार

नेविसंघद्वारा जाजरकोट भूकम्प पीडितलाई सात लाख ११ हजार सहयोग

जगत ठाडा मगर
२०८० पुस ११ | बिहान १०:०९ बजे

काठमाडौं, पुस ११ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले जाजरकोट भूकम्पबाट पीडितहरूका लागि सात लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ ।

बुधबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेविसंघ अध्यक्ष दुजाङ शेर्पासहित प्रतिनिधिमण्डलको टोलीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । नेविसंघमा हाल ७११ सदस्यीय केन्द्रीय कार्यसमिति छ । समितिका सदस्यहरूबाट प्रतिव्यक्ति एक हजार रुपैयाँका दरले सङ्कलन गरी एकमुष्ट ७ लाख ११ हजार रुपैयाँ रकम भूकम्पपीडितको सहयोगका लागि नेविसंघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम सहयोग गरेको हो ।

नेविसंघले प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिलगायत पदाधिकारी नियुक्तिमा राजनीतिक भागबन्डा नगर्न पनि ध्यानाकर्षण गराएको छ । खुला प्रतिस्पर्धाका आधारमा उपकुलपति नियुक्ति गर्न नेविसंघले माग गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले उपकुलपति लगायतमा अबदेखि राजनीतिक भागबन्डा नहुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कमेन्टहरु