मुख्य समाचार

चार वेदका नेपाली अनुवादक तिलकप्रसाद लुइँटेलको निधन

जगत ठाडा मगर
२०८० पुस १० | मध्यान्ह ०५:०९ बजे

काठमाडौं, पुस १० । संस्कृत वाङ्मयको महत्त्वपूर्ण कृति ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेदलाई नेपाली भाषामा अनुवाद गर्ने साहित्यकार तिलकप्रसाद लुइँटेलको निधन भएको छ । 

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ले सामाजिक सञ्जाल फेसबुकमा अनुवाद साहित्यकार लुइटेलको दुवै मृगौलामा संक्रमण भई त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको उल्लेख गरेका छन् । 

साहित्यकार लुइटेलले अनुवाद गरेको ऋग्वेद २०६३ मा प्रकाशित भएको थियो । यस्तै लुइटेलले २०६३ देखि २०६७ सम्ममा सामवेद, यजुर्वेद र अथर्ववेद समेतको अनुवाद गरेर पुस्तक प्रकाशनमा ल्याएका थिए ।  

कमेन्टहरु