मौसम

आजको मौसम : यी पाँच प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा सफा रहने

जगत ठाडा मगर
२०८० पुस २ | बिहान ०५:०९ बजे

काठमाडौँ, पुस २ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।   

मंगलबार पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

देशभरिको तापक्रम गिरावटका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।    

कमेन्टहरु