यस्तो छ आजको मौसम पूर्वानुमान

नवलपुर टुडे
२०८० पुस १ | बिहान ०७:०९ बजे

काठमाडौं, पुस १ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
अहिले बिहान देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था देखिएको र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। तराई—मधेसका केही जिल्लामा हुस्सु/कुहिरो लागेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदलीकै अवस्था रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । यस्तै, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।























