पल शाहविरुद्धको मुद्दा दोहोर्याएर हेर्न सर्वोच्चले दियो अनुमति

जगत ठाडा मगर
२०८० मंसिर ३० | बिहान ११:०८ बजे

काठमाडौँ, मंसिर ३० । सर्वोच्च अदालतले नायक पल शाह विरुद्धको जबरजस्ती करणी मुद्दा दोहोर्याएर हेर्न अनुमति प्रदान गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजलासले मुद्दा दाहोर्याएर हेर्न अनुमति दिएको हो ।
सर्वोच्चले पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारिरीक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादीबीचको अडियो रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानमा रहेको स्वीकारोक्ति समेतका प्रमाणको समुचित मूल्यांकन नगरी उच्च अदालत पोखराले गत वर्षको फागुन ४ मा फैसला गरेको भन्दै पलबारेको उक्त फैसला दोहोर्याउन अनुमति प्रदान गरेको हो ।
उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले पल शाहलाई सफाइ दिएको थियो ।
























