संगीतकर्मी संघ दाङले माघको दोस्रो साता देउखुरीमा एक हप्ते सांङ्गगीतिक मिनी महोत्सव लगाउने

नवलपुर टुडे
29


सन्तोषकुमार गुप्ता,
दाङ, मंसिर २३ । राष्ट्रिय संगीतकर्मी संघ दाङले माघको दोस्रो साता दाङको देउखुरीमा एक हप्ते सांङ्गगीतिक मिनी महोत्सव लगाउने भएको छ । संघको आज शनिबार शान्तिनगर गाउँपालिका—३, पातेटाकुरामा भएको दोस्रो बैठकले माघको दोस्रो साता दाङको देउखुरीमा एक हप्ते सांङ्गगीतिक मिनी महोत्सव सञ्चालन गर्ने निणर्य गरेको हो ।
महोत्सव तयारी तथा व्यवस्थापनका लागि संघका उपाध्यक्ष श्रीधर कडेलको संयोजकत्वमा पाँच सदस्यीय महोत्सव तयारी तथा व्यवस्थापन समिती गठन गरेको छ । जसको सदस्यहरुमा संघका सल्लाहकार सन्तोषकुमार गुप्ता, उपाध्यक्षहरु उषा दसौदी, दिपक बर्मा र प्रेस संयोजक ओमप्रकाश गुप्ता रहनु भएको छ । संघका अध्यक्ष दिपक वलीको अध्यक्षतामा भएको बैठकले संघको भवन निर्माणका लागि जग्गा प्राप्तका लागि प्रकृया अगाडी बढाउने र भवन निर्माणका लागि डिपियार तयार गर्ने गरी संघका अध्यक्ष वलीलाई जिम्मेवारी प्रदान गर्ने निणर्य गरेको छ ।
साथै बैठकले संघको युनिफर्म र आइडी कार्ड बनाउनका लागि अध्यक्ष र सचिवलाई जिम्मेवारी प्रदान गर्ने निणर्य गरेको छ । बैठकमा संघका बरिष्ठ सल्लाहकार तथा पत्रकार सन्तोषकुमार गुप्ता, संघका सल्यान जिल्ला अध्यक्ष चुडामणि पिएम, संघका बरिष्ठ उपाध्यक्ष एचआर मगर र संघका उपाध्यक्षहरु एषा दसौदी, श्रीधर कडेल, कमल खड्का, कोषाध्यक्ष, प्रबक्ता रमेश वली, सदस्यहरु बेलमति बिक, ललिता बस्नेत लगायतले आ—आफ्नो भनाई राख्नु भएको थियो । बैठकको सहर्जीकरण संघका सचिव भिमबहादुर वलीले गर्नु भएको थियो ।

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
२०८३ कार्तिक १९ | मध्यान्ह ०१:०७ बजे

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह
२०८३ कार्तिक १९ | मध्यान्ह ०१:०७ बजे

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन
२०८३ कार्तिक १९ | मध्यान्ह १२:०७ बजे

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय
२०८३ कार्तिक १९ | मध्यान्ह १२:०७ बजे

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ
२०८३ कार्तिक १९ | बिहान ११:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी
२०८३ कार्तिक १९ | बिहान ११:०७ बजे

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह
२०८३ कार्तिक १९ | बिहान ०९:०७ बजे

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन
२०८३ कार्तिक १९ | बिहान ०९:०७ बजे

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो
२०८३ कार्तिक १९ | बिहान ०९:०७ बजे












