आज यी स्थानमा हिमपातको सम्भावना

जगत ठाडा मगर
२०८० मंसिर २४ | बिहान ०६:०८ बजे

काठमाडौं, मंसिर २४ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । तराईका थोरै स्थानहरू हुस्स/कुहिरोले ढाकेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ ।
आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।






















