मौसम

आजको मौसम : कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात

जगत ठाडा मगर
२०८० मंसिर २३ | बिहान ०६:०८ बजे
lxpFn] el/Psf] dgfª ;]tfDd] dgfª !( dªl;/ M dgfªdf ;f]daf/ laxfgfb]lv k/]sf] lxdkftsf sf/0f hd]sf] lxpF . dgfª ;b/d'sfd rfd]nufot dflyNnf] e]udf afSnf] lxdkft xF'bf hghLjg si6s/ ePsf] 5 eg] ko{6s cfjthfjtdf ;d]t ;s; ePsf] 5 . tl:a/ M gjLg nfld5fg]÷/f;;

काठमाडौँ, मंसिर २३ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ । आज देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

भोलि आइतबार पनि कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा महाशाखाले अनुरोध गरेको छ ।

कमेन्टहरु