आजको मौसम : पहाडी भूभागमा हल्का वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

नवलपुर टुडे
२०८० मंसिर १२ | बिहान ०७:०८ बजे

काठमाडौँ, मंसिर १२ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
आज राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।























