मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट निवेदन

नवलपुर टुडे


काठमाडौँ । भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेपछि मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन् । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिट निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ ।
बिहीबार राजधानीको बल्खुमा केन्द्रित रहेर विरोध प्रदर्शन आयोजना गरेका प्रसाईंले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए । तर, स्थानीय प्रशासनले शुक्रबार तिनकुने क्षेत्रमा प्रदर्शनको अनुमति नदिइएको प्रस्ट पारेसँगै सो क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी उनका केही समर्थकलाई नियन्त्रणमा लिइएको छ भने केहीलाई सम्झाइबुझाइ पठाइएको प्रहरी स्रोतले जनाएको छ ।
प्रसाईंलाई भने स्थानीय प्रशासनले घरबाट बाहिर निस्किन दिएको छैन । जिल्ला प्रशासन कार्यालय भक्तपुरका अनुसार प्रसाईंलाई उनकै सुरक्षा समवेदनशीलतालाई ध्यानमा राख्दै घरमै बस्न आग्रह गरिएको जनाएको छ ।

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा
अरुपनि पढ्नुहोस
सबै
विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण
















