पोखरामा छुवाछूत कसुरमा वडाध्यक्षलाई साढे चार महिना कैद

नवलपुर टुडे


कास्की, मंसिर ८। पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले छुवाछूत कसुरमा साढे चार महिना कैद र ७५ हजार जरिवानाको फैसला गरेको छ। जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी कसुरमा अधिकारीलाई विहिबार अदालतले सो बमोजिमको आदेश गरेको हो । जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले वडाध्यक्ष अधिकारीलाई सो आदेश गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार जातीय तथा अन्य सामाजिक छुवाछूत र भेद्भावसम्बन्धी (कसूर र सजाय) ऐन, २०६८ को दफा ७ बमोजिम फैसला भएको हो। सो दफामा जातीय विभेद गरेको ठहरिएमा पीडकलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुई लाखसम्म जरिवानाको व्यवस्था छ। सो दफा अनुसार तीन महिना कैद सजायको व्यवस्था रहेपनि वडाध्यक्ष अधिकारी सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले ५० प्रतिशत थप सजाय भएको सूचना अधिकारी अधिकारीले बताए।
पोखरा– २४ का वडा सदस्य मैया नेपालीले विसं २०७९ माघ ५ गते जिल्ला अदालत कास्कीमा अधिकारीविरुद्ध जातिय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा मुद्दा दर्ता गराएकी थिइन्। यसैगरी पीडित नेपालीलाई अधिकारीले १० हजार क्षतिपूर्ति बुझाउनुपर्ने अदालतको फैसला छ ।वडाध्यक्ष अधिकारीले सार्वजनिक कार्यक्रममै आफूमाथि जातीय विभेदजन्य गाली गलौज गरेको भन्दै नेपालीले जिल्ला प्रहरी कार्यालय कास्कीमा गत वर्ष पुस २४ मा जाहेरी दर्ता गराएकी थिइन्।
नेपालीको किटानी जाहेरीपछि अधिकारी पुस २६ मा पक्राउ परेर माघ ९ मा एक लाख ५० हजार धरौटीमा रिहा भएका थिए।

विशेष गाउँसभाबाट थप बजेट विनियोजन

जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह

बालविवाह रोक्न कानुनसँगै सामाजिक सोच परिवर्तनमा जोड

गण्डकी र कोसी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास
अरुपनि पढ्नुहोस
सबै
सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म …

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

अक्टोबरसम्म ३० हजारभन्दा बढी विदेशी पर्यटक मनाङमा, भारतीयको सङ्ख्या सबैभन्दा धेरै

बुद्धिचालमा रुलेश र आशिशको संयुक्त अग्रता
















