मौसम

आज आंशिक बदलीदेखि वर्षा र हिमपातको सम्भावना

नवलपुर टुडे
२०८० कार्तिक २४ | बिहान ०६:०७ बजे
lxpफाइल तस्बिर Fdf rf}/L vfFbaf/L, @@ df3 . ;+v'jf;efsf] ef]6vf]nf ufpFkflnsf–! lsdfyfÍf gfsf glhs} lxpFdf a;]sf rf}/L . t:jL/ M eljg sfsL{, /f;;

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम आंशिक बदलीदखि सामान्यतया सफा रहेको छ । विभागले दिउँसो सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा  आंशिकदेखि सामान्य बदली रहेने जनाएको छ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागका अनुसार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । 

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले त्यसबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्क रहन विभागको आग्रह छ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

कमेन्टहरु